१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक



काठमाडौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ ।

चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए ।

तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ । भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा खटिएका छन् ।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखि भएको हो । ब्रिटिस सरकारसँग नेपालको कुमाउमा हार भएको थियो । सन् १९४७ मा ब्रिटिस शासकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए । त्यो बेलादेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन् । उक्त समाचार आजको राजधानी दैनिकमा निराजन पाैडेलले लेखेका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ४५ बजे

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ