२ असार २०८३, मंगलबार | June 17, 2026

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदाको अफर



बेइजिङ । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ । सरकारले अब बच्चा जन्माएमा बाबुलाई झन्डै २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ ।

यसो गर्दा जन्मदर बढ्न सक्ने चिनियाँ सरकारको विश्वास छ। चीनमा प्रजनन दरको अनुपात घटेर अहिले १.०९ प्रतिशत मात्रै छ, यसले चीनमा निकट भबिश्यमा नै जनसांख्यिक समस्या हुने देखाएको छ । सरकारले यसलाई ३ प्रतिशतमा लैजाने प्रयास गरिरहेको छ ।

बेइजिङमा घोषणा गरिएको यो सूत्र अनुसार बालबालिकालाई जन्मिने बित्तिकै ५ सय डलर र अभिभावकलाई १ हजार डलर दिने व्यवस्था छ । यसको मतलब बच्चा जन्मने बित्तिकै परिवारले १५०० डलर पाउनेछ । सरकारले तीन वर्षअघि जन्मेका बालबालिकालाई अनुदानमा समावेश गर्ने निर्णय गरेको छ ।

सरकारले यो अनुदान लिनका लागि कुनै पनि चिनियाँ नागरिकले आवेदन दिन सक्ने बताएको छ । सरकारले खातामा सिधै पैसा ट्रान्सफर गर्नेछ । चीनको जनसांख्यिक समस्यालाई हल गर्ने प्रयासमा मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।

चीन सरकारले अनुसन्धान प्रतिवेदनका आधारमा अनुदान दिने निर्णय गरेको हो । वास्तवमा फुडान विश्वविद्यालय र हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले जुन २०२५ मा एक अनुसन्धान प्रतिवेदन तयार पारेका थिए । यसले बुबाहरूलाई अनुदान दिनुले जन्मदर बढाउन सक्ने सुझाव दिएको थियो ।

चीनका १४ प्रान्तले विभिन्न तरिकाले जन्मदर बढाउने निर्णय गरिरहेका छन् । सबैभन्दा बढी जनसङ्ख्या भएको सहर सिचुआन प्रान्तमा बच्चा जन्माउँदा २५ दिन बिदा दिने व्यवस्था गरिसकिएको छ । यो बिदा बुबालाई दिइनेछ र यो भुक्तान बिदा अन्तर्गत उपलब्ध हुनेछ । यसको मतलब एक पैसा पनि कटौती हुनेछैन ।

त्यसैगरी शाङदोङमा १८ दिन र साङ्सी र गान्सु प्रान्तमा ३० दिन बिदा दिने व्यवस्था गरिएको छ । यसअघि ३ दिन मात्रै बिदा दिने व्यवस्था थियो । प्रादेशिक तहमा यो प्रयोग सफल भए पूरै केन्द्रीय तहमा लागू गर्न सकिने बताइएको छ किनभने केन्द्रीय तहमा बाबुलाई अहिलेसम्म ३ दिन बिदा दिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ४५ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ