४ पुस २०८२, शुक्रबार | December 19, 2025

गण्डकी प्रदेशमा २१ नयाँ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४७ पुग्यो



पोखरा । गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पर्वत जिल्लामा गरी बुधबार २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ४७ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्दैआएका थिए । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना पुरुष र पर्वतका ३ जना छन ।

पर्वतमा भेटिएकामध्ये फलेबास नगरपालिकाकी ४६ वर्षीया महिला हुन । फलेबासकै वर्ष १९ र २१ का पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका १४ जनामध्ये वर्ष १८ र २० का ३/३ जना, वर्ष १९ र २४ का २/२ जना छन् । त्यस्तै वर्ष २१, २३, ३५ र ३६ का पुरुष छन ।

यसैगरी, सोही जिल्लाकै मध्यबिन्दु नगरपालिकाका वर्ष १६ र ३० का, कावासोती नगरपालिकाका वर्ष ३७ का तथा पालिका नखुलेको वर्ष २७ का पुरुष छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा मंगलबारमात्र १८ जना कोरोना संक्रमित फेला परेका थिए ।

गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका जिल्लामा कोरोना फैलिएको छ । कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भइ घर फर्केका छन् । १ जनाको मृत्यु भएको हो । प्रदेश राजधानी पोखरामा कोरोना परीक्षण हुँदैआएको छ ।

यहाँ हालसम्म झण्डै ९ हजार जनाको नमुना संकलन भएकोमा २५ सय जनाको नमुना आउनै बाँकी छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको