११ भदौ २०८३, बिहिबार | August 27, 2026

‘सिटामोल सरह सहजै पाइने’ डेक्सामेथासोन औषधी कोरोना रोकथाममा प्रभावशाली : डब्लुएचओ



काठमाडौं । नेपालमा सिटामोल सरह सहजै पाइने डेक्सामेथासोन औषधी कोरोना भाइरसका लागि प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन के महानिर्देशक टेड्रोस एदोनहोम गेब्रेयासेसले डेक्सामेथासोनलाई प्रभावकारी औषधी भएको बताएका हुन् । उनका अनुसार यो औषधी एक स्टेरोइड होज जुन कोरोनाका गम्भीर बिरामीमा प्रभावकारी देखिएको छ ।

महानिर्देशक टेड्रोस भन्छन्, ‘डब्लुएचओसँगको साझेदारीमा गरिएको अनुसन्धानमा अक्सिजन आवश्यक बिरामीका लागि डेक्सामेथासोन औषधी प्रयोग गर्दा बिरामी मर्नेको जोखिम कम देखियो ।’

यो औषधीमाथि बेलायतका अनुसन्धानकर्ताहरुले पहिला परीक्षण गरेका थिए । भेन्टिलेटरमा रहेका कोरोना संक्रमितलाई बचाउन यो औषधीको ट्रयाल गर्दा सफलता मिलेपछि डब्लुएचओले चासो देखाएको थियो ।

‘डेक्सामेथासोन औषधि नेपालमा पहिलादेखि नै दम, निमोनिया, मेनेन्जाइटिस र एलर्जीका लागि प्रयोग गरिँदै आएको छ ।

सन् १९६० को दशकदेखि नै यस औषधीलाई दम, जोर्नी दुख्ने रोग, आदिको उपचारमा प्रयोग गरिँदै आएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : २५ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा