२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

बेलायतबाट असार १० र १२ मा उद्धार



लण्डन । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् ।

लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ ।

उडान लण्डनको ग्याटविक विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २ः४५ मा गरिने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बताउनुभयो । दुई हप्ताअघि दूतावासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो ।

पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकाले दूतावासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन भनी इमेल गरेको छ । दोस्रो चरणमा जानेहरूले केही दिनपछि मात्र टिकट लिन भनी सूचना पठाइएको दूतावासले बताएको छ ।

यसरी फर्कने नेपालीलाई तयारी स्वरुप आफ्ना राहदानी तथा पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ वा कोरोनाको लक्षण नभएको भनी स्वास्थकर्मीबाट प्रमाणित गरेको प्रमाणपत्र हुनुपर्ने भनिएको छ । त्यस्तै टिकटको रकम सम्पूर्ण करसहित ९२० पाउण्ड लाग्ने छ । नेपालबाट टिकट लिनका लागि सम्बन्धित व्यक्तिको सम्पर्क विवरण पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ४२ बजे

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री