३ पुस २०८२, बिहिबार | December 18, 2025

स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै व्यापार गर : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ ।

सरकारले लकडाउनलाई सामान्य बनाउँदै लगे पनि कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएकाले महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक अपिल सार्वजनिक गर्दै सम्पूर्ण उद्योगी व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गरोका छन् ।

कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले त्यसलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नै पर्ने भएकाले सबैले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।

अध्यक्ष कटुवालले ‘कोरोना भाइरसबाट ‘आफू पनि जागिऔँ र अरूलाई पनि जोगाऔँ’ भन्ने मूल मन्त्रलाई ख्याल गर्दै विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्यूनतम् मापदण्ड पालना गर्न सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

न्यूनतम सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने, सानिटाइजर वा साबुन पानीले समयसमयमा हात धुने लगायतका सावधानी अपनाउनसमेत महासङ्घ उद्योगी–व्यवसायी तथा ग्राहकलाई अपिल गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ३ : ३७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन