७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा अध्यक्ष प्रचण्ड भन्छन्, – कुनै सैन्य गठबन्धनमा सामेल हुनेगरी नेपालले वैदेशिक सहायता स्वीकार्दैन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानसँग बाझिने सुरक्षा गठबन्धनसँग जोडिने कुनै पनि सहयोग नलिने स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच शुक्रबार आयोजित भर्चुअल छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल असंलग्न आन्दोलनमा सहभागी राष्ट्र भएको स्मरण गर्दै मित्रवत विकासमा सहयोग हुने विषय मात्र नेपालले स्वीकार गर्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘नेपालले असंलग्न नीतिलाई अंगिकार गर्दै आएको छ । मित्रवत् राष्ट्रहरुबाट नेपालको विकासमा दिइने सहयोगले नेपालको सार्वभौम स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गर्ने भए मात्र स्वीकार गर्छौ, अन्यथा स्वीकार गर्दैनौं’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी आफ्नो परराष्ट्र नीति संचालन गर्दा यो तथ्यप्रति पूर्णरुपमा सचेत छ,’

नेपालले आफ्नो विकासका लागि मित्रराष्ट्रसग आर्थिक सहायता लिँदा कुनै सैन्य गठबन्धन जोडिन आएमा त्यस्तो सहयोग नेपालकोलाई अस्वीकार गर्ने उनको भनाइ थियो ।

नेकपाभित्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषय निकै विवादित रहेको छ । एमसीसी स्वीकार गर्नै नहुने, एमसीसी परिमार्जन सहित स्वीकार गर्नुपर्ने र एमसीसी जस्ताको तस्तै पारित हुनुपर्ने तीन थरी अडानका बीच नेकपा अल्मलिएको छ । एमसीसी अमेरिकी रणनीतिक सैन्य गठबन्धन इन्डो प्यासिफिक अलायन्ससँग जोडिएको भन्दै यसलाई स्वीकार गरे राष्ट्रियता नै धरापममा पर्ने कतिपय नेताले दाबी गर्दै आएका छन् ।

तर एमसीसी स्वीकार नगरिए अमेरिकासँगको सम्बन्ध बिग्रने, अमेरिकी धुरीमा रहका अन्य ठूला मित्रराष्ट्र र विश्व बैंक जस्ता दातृ निकायले समेत नेपाललाई सहयाता कटौती गर्न सक्ने, नेपालको अन्तराष्ट्रिय कुटनीतिक छवि बिग्रने चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु एमसीसी पास हुनुपर्ने अडानमा रहेका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ५ : १० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११