४ पुस २०८२, शुक्रबार | December 19, 2025

निर्देशिकामा तोकिएका व्यक्तिको मात्र पीसीआर परीक्षण गर्न मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिकामा तोकिएका व्यक्तिको मात्र कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण गराउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्देशिका विपरीत कतिपय निकायले पीसीआर परीक्षण गर्न दबाब दिएकाले त्यसो नगरी निर्देशिकामा तोकिए बमोजिमका व्यक्तिको नमूनामात्र सङ्कलन गरी परीक्षण गर्न गराउन आग्रह गर्नुभयो ।

‘कतिपय निकाय तथा व्यक्तिले कोभिड–१९ को नमूना सङ्कलन गर्दा निर्देशिकाभन्दा फरक तरिकाले नमूना सङ्कलन गर्ने गरेको तथा परीक्षण गर्नका लागि दबाब दिने गरिएको बुझिन आएको छ’, उहाले भन्नुभयो, ‘यसरी नमूना सङ्कलन गर्नाले स्रोत साधनको दुरुपयोग हुने र परीक्षणका लागि आवश्यक व्यक्तिको परीक्षण समयमा हुन नपाउने र अन्य समस्या सिर्जना हुन सक्दछ ।’

निर्देशिका विपरीत आएका नमूना परीक्षण नगरिदिनसमेत सबैलाई उहाले आग्रह गर्नुभएको छ । अहिलेसम्म एक लाख ६१ हजार ७४९ जनाको र विगत २४ घण्टामा छ हजार २३१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । रासस

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ४८ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ