७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा सचिवालय बैठक : नागरिकता विधेयकबारे टुंगो लगाउँदै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बिहान (आज) बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विवादित नागरिकता विधेयक र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीच बसेको बैठकमा वैवाहिक अंगीकृत नागरिकता विदेशी बुहारीले बिहे गरेको सात वर्षपछि मात्र दिने विषयमा सहमति बनेको थियो ।

सचिवालय बैठकबाट नागरिकताको विषयमा थप छलफल गरी पार्टीको आधिकारिक धारणा आउने बताइएको छ । दुई वर्षदेखि विवादित रहेको नागरिकता विधेयकलाई यसै अधिवेशनबाट टुंगो लगाउन संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल सुरु गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशी बुहारीले चाहेमा विहे लगत्तै नागरिकता पाउनुपर्ने अडान राखेको छ ।

यस्तै, पार्टीभित्र विवादित बनेको एमसीसी लगायतका विषयमा पनि छलफल हुनेछ । तर, एमसीसीबारे थप छलफल गरी निस्कर्ष निकाल्न असार १० गते पार्टी स्थायी कमिटीको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : ५६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११