१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बुटवल लेडिद्वारा अर्धवार्षिक समिक्षा तथा संचारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान



बुटवल । जेसीआई बुटवल लेडि (महिला जेसीज) ले अर्धबार्षिक प्रतिवेदन प्रस्तुत तथा संचारकर्मीका लागि स्वास्थ्य सामग्री वितरण कार्यक्रम गरेको छ ।

वितेको ६ महिनामा बुटवल लेडिले गरेका काम कार्वाही तथा भएका कामको प्रस्तुती तथा समिक्षा गरेको हो । बुटवल लेडि जेसीजले शनिबार बुटवलमा एक कार्यक्रम गरि वितेको ६ महिनामा २० वटा विभिन्न रचनात्मक कार्यक्रम गर्नका साथै सामुदायमा सचेतना बाढ्ने काम समेत गरेको बुटवल लेडिका सचिव अनुपमा श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवल लेडिले विभिन्न क्षेत्रमा सरसफाई, विपन्नलाई राहत, कोरोनाबारे सचेतना, क्षमता तथा नेतृत्व विकास कार्यक्रम, योगा प्रशिक्षण, मिट योर सेलिब्रेटी, वृक्षारोपण लगायतका कार्यक्रमका बारेमा सचिव श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैबीच कोभिड १९ को संक्रमण बढ्दै गएको समयमा नागरिकलाई सूसुचित गर्न संचारकर्ममा क्रियाशिल संचारकर्मीका लागि जेसीआई बुटवल लेडिले शनिबार स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

जेसिआई लेडि बुटवलले छापा, अनलाईन तथा छापा माध्यममा कार्यरत दुई दर्जनबढी संचारकर्मीकालागि आवश्क पर्ने मास्क, सेनेटाईजर र सावुन प्रदान गरेको हो । बुटवल लेडि वर्ष २०२० का अध्यक्ष कल्पना पाण्डे कुसुमको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफोर्ड कलेजका प्रमुख मनोज मरासिनी, बुटवल लेडिका पुर्व अध्यक्ष उर्मिला श्रेष्ठ, आजिवन सदस्य गिता ज्ञवाली, पत्रकार शरण कर्माचार्य, झविन्द्र देवकोटा, रिमा विसि, कार्यक्रम संयोजक कृतिका जोशिलगायतले वर्तमान अवस्थामा संचारकर्मी जोखिम मोलेर नागरिकलाई सुसुचित गर्ने हुँदा बुटवल लेडिले संचारकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेर प्रशंशनीय कार्य गरेको बताउनुभयो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : ३४ बजे

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश