२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेपाल जेसीज क्षेत्र ‘घ’ को सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुँदै



बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल जेसीज क्षेत्र ‘घ’ को सम्मेलन हुने भएको छ । यही भदौ ८ र ९ गते नेपाल जेसीज तिलोत्तमा शाखाको आतिथ्यतामा सम्मेलन हुने भएको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनले तिलोत्तमाको पहिचानलाई अझ माथी उठाउने नेपाल जेसीज तिलोत्तमा शाखाका सस्थापक अध्यक्ष यादव भटट्राईले बताए । तिलोत्तमाको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने सम्मेलनमा उद्घाटन सत्रमा मात्र १ हजार २ सय बढिको सहभागिता हुने भटट्राईले बताए ।

सम्मेलनमा ‘घ’ क्षेत्र अन्तर्गतका ५८ वटा शाखाका प्रतिनिधीहरुका साथै देशका अन्य शहरबाट पनि जेसीजको प्रतिनिधत्व हुने बताइएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा युवा नेता नेपाली कांग्रेसका प्रदीप पौडेल, स्वतन्त्र पार्टीका उमेश झा र नेकपा एमालेका योगेश भट्टराईको सहभागिता हुने बताइएको छ । सम्मेलनमा सहभागि हुनेहरुका लागि प्रति व्यक्ति ६ हजार रजिष्टेशन शुल्क राखिएको भटट्राईले बताए ।

नेपाल जेसीज तिलोत्तमा शाखाका अध्यक्ष प्रकाश गौतमले सम्मेलन तिलोत्तमाको पहिचान अझ माथी उठ्नका साथै यस क्षेत्रको आर्थिक चलायमान पनि बढ्ने बताए । साथै सम्मेलनमा सहभागि बीच वक्तृत्वकला प्रतियोगिता, तालिम समेत हुने उनले बताए ।

सम्मेलनको भदौ ८ गते बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ०५ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा