१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्न नेपाली सेना प्रतिबद्ध : प्रधानसेनापति थापा



काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी पुर्णचन्द्र थापाले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिवद्ध रहेको बताएका छन् । नेपाली सेनाको जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले पद्धती र प्रणालीमा आधारित संगठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिए ।

उनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्न पृतनापतिहरुलाई सुझाव दिए । राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दै विकसित परिस्थिती सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न पृतनापतिहरुलाई उनले निर्देशन समेत दिए ।

नेपाली सेनाले नियमित रुपमा आयोजना गर्ने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ(आफ्नो जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समिक्षा, कोभिड(१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितीजन्य विषयहरु सम्बन्धमा प्रस्तुतिकरण र छलफल भएको थियो ।

बैठकमा पि.एस.ओज. रथीबृन्द, सबै पृतना हेडक्वाटरका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ५९ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको