२० आश्विन २०८३, मंगलबार | October 6, 2026

पाल्पाको सम्मोबारीमा भीषण पहिरो, ४ वटा गाडी पहिरोले बगायो



पाल्पा । पाल्पाको तानसेन रिडी खण्डको सम्मोबारी नजिकै पहिरोले ४ वटा सवारी साधन बगाएको छ भने २ जनाको ज्यान गएको छ ।

पाल्पाको सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार पहिरोसंगै बगेको छ । लु १ क १९२८ नम्बरको ट्याङ्कर, लु २ ख १३७६ नम्बरको मिनी ट्रक, लु १ च ७०११ नम्बरको कार तथा लु १ च ७०४३ नम्बरको कुखुरा बोक्ने भ्यानलाई पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

पहिरोबाट २ जनाको शव प्रहरीले निकालेको छ भने एक जना गम्भीर घाइते भएकाको अवस्थामा उद्धार गरेर अस्पताल पठाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक डम्बर बहादुर बिकले जानकारी दिए ।

सवारी साधनमा कति मानिसहरु सवार थिए भन्‍ने थाहा हुन सकेको छैन । बिहान गएको पहिरो पन्छाउन गाडीहरुलाई साईड लगाएर राखेको अवस्थामा रोकिएकै स्थानमा पहिरो खसेर ४ वटा सवारी साधन बगाएको एसपी बिकले बताए । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । प्रहरीका अनुसार पहिरो डेढ सय मिटर लामो छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ३५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११