३ पुस २०८२, बिहिबार | December 18, 2025

ट्रक व्यवसायीले बुझाए प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र



बुटवल । देशभरका ट्रक व्यवसायीले बिभिन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । ट्रक व्यवसायिका समस्या समाधानको माग गर्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारमार्फत उनीहरुले ज्ञापन पत्र बुझाइएका हुन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघले संयुक्त रुपमा सोमबार रुपन्देही प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष तथा ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पांचका संयोजक यमप्रसाद पाण्डे, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेल र महासचिव रुमाखर गौतम सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

ढुवानी सेवालाई मुल्य अभिवृद्वि कर सीमा भित्र नराखी मुल्य अभिवृद्वि कर ऐन २०५२ को दफा ५ को उपदफा तीनसंग सम्बन्धित अनुसूची एक खण्ड नौमा राख्नुपर्ने लगायत आठ बुंदे मागसहितको ज्ञापन पत्र बुझाइएको छ । लकडाउन अवधीको सबै प्रकारका सवारी साधन कर, जांचपास बाटो ईजाजत पत्रहरुमा कर छुटगरी नविकरण हुन नसकेका गाडीको जरिवाना र विलम्ब शुल्क नल्याउन ट्रक व्यवसायिको माग छ ।

लकडाउनका कारण गाडिहरु नचलेकाले बैंकको व्याज मिनहा, व्याजमा लाग्ने हर्जना र किस्ताको भाका सानुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जोखिम मोलेर सवारीका साधन चलाउने चालक तथा मजदुरहरुलाई स्वास्थ्य परिक्षण गरी स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुपर्ने व्यवसायीले ज्ञापन पत्रमार्फत सरकारसंग माग गरेका छन् । सडक इजाजतपत्र विना झन्झट सवारी दर्ताको आधारमा दिने व्यवस्था हुनुपर्ने, अहिलेसम्म अञ्चलको संरचनामा सञ्चालित सबै प्रकारका सवारी साधनहरुलाई प्रचलित कानुन अनुसार प्रदेशीकरण गरी निशुल्क र सरल व्यवस्था गर्नुपर्ने व्यवसायीका माग छन् ।

त्यस्तै प्रत्येक वर्ष साउन १ गतेपछि नविकरण गर्दा दुई वर्षको कर तिर्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने लगायत मागसहित प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाईको छ । ज्ञापन पत्र बुझ्दै रुपन्देही प्रमुख जिल्ला अधिकारी महादेव पन्थले व्यवसायीका माग तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ०० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन