७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलको रामनगरमा रोकीराखेको ट्रकमा ठोक्किदा दुुई जनाको मृत्यु



बुटवल । गएराति बुटवल– १० रामनगरमा सवारी दुर्घटनामा परेर दुुई जनाको मृत्यु भएको छ ।

रामनगरमा रोकी राखेको ट्रक ना ६ ख ६२४ नम्बरको गाडीमा बा १४ च ६८७९ नम्बरका छोटा हात्ती गाडी ठोकिँदा दुुर्घटना भएको हो ।

दुुर्घटनामा परी बुटवल ११ कालिकानगरका २१ वर्षिया सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षिया रोशन गुरुङको मृत्यु भएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । दुवै सवारी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका थिए ।

गुरुङको घटना स्थलमै र कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । छोटा हात्तीका चालक बुटवल ११ का २५ वर्षिया गोपाल दंगाल सामान्य घाइते भएका छन् ।

ट्रक बिग्रिएर बनाउन लाग्दा पछाडिबाट आएको छोटा हात्तीले ट्रकमा ठक्कर दिएको थियो । छोटा हात्तीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई