७ आश्विन २०८३, बुधबार | September 23, 2026

शव ब्यवस्थापनमा संलग्न सुरक्षाकर्मीमा कोरोना संक्रमण, स्वास्थ्य सुरक्षा समाग्री प्रयोगमा कमजोरी भएको हुन सक्ने अनुमान



पाल्पा । पाल्पाको पूर्वखोलाका कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा संलग्न २ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना भाइसरका कारण मृत्यु भएकोमा उनको शव व्यवस्थापनमा संलग्न नेपाली सेनाका दुईजना जवानमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

शव व्यवस्थापनमा सहभागी भएका तानसेन नगरपालिका ६ स्थित नेपाली सेनाको गोखदल गणका ३३ र ३४ वर्षका पुरुषको पिसिआर परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख बिश्व न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार उनीसंगै शव व्यवस्थापन कार्यमा संलग्न एकजना पुरुषको भने कोरोना नेगेटिभ आएको छ ।

लामो समय पीपीई लगाउंदा गर्मीका कारण आएको पसिना पुछ्ने क्रममा वा लगातारको वर्षाका कारण पीपीईबाट पानी छिरेर पुछ्ने क्रममा संक्रमण भएको हुन सक्ने स्वास्थ्य कार्यालय प्रमुख न्यौपानेले अनुमान गरेका छन् ।

स्वास्थ्य सुरक्षा सामाग्रीको उपयोग गर्दा कोरोना संक्रमणबाट जोगिन सकिने भएपनि सामाग्रीको गलत प्रयोग र प्रयोग बिधि नमिलेको अवस्थामा जोखिम हुन सक्ने बिज्ञहरुले बताउंदै आएका छन् ।

फाईल फोटो

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ११ : २६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११