२३ श्रावण २०८३, शनिबार | August 9, 2026

मुख्यसचिव बन्न वरिष्ठ सचिवहरूको दौडधुप, को बन्ला मुख्यसचिव ?



काठमाडौं । निजामती क्षेत्रको सर्वोच्च पद मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौडधुप सुरु भएको हो ।

मुख्यसचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे तीन महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन् । मुख्यसचिवको प्रतिस्पर्धामा रहेका सचिवहरूमा परराष्ट्र मन्त्रालयका शंकरदास वैरागी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग मन्त्रालयका चन्द्रकुमार घिमिरे, वन तथा वातावरण मन्त्रालयका विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका मधुसूदन अधिकारी छन् ।

राजनीतिक नेतृत्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो पदमा पुग्न ठूलै राजनीतिक लबिङ आवश्यक पर्छ । मुख्यसचिव रेग्मीले अन्तिम समयसम्म काम गर्दा र १५ दिनअघि मात्रै राजीनामा दिँदा पनि फेरबदलमा ठूलो परिवर्तन आउने देखिएको छ । अवकाशको एक महिनाअघि नै बिदामा बस्ने परम्परा भने पछिल्ला केही वर्षदेखि तोडिएकाले मुख्यसचिव रेग्मी पनि एक महिनाअघि बिदामा बस्ने सम्भावना छैन ।

कार्यसम्पादन र जेष्ठताका आधारमा भावी मुख्य सचिवमा ६ जना सचिव प्रतिस्पर्धामा देखिएका छन् । उनीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शक्तिकेन्द्रलाई प्रभावमा पार्न लबिङ तीव्र पारेका छन् । निजामती सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ (क) अनुसार मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने प्रावधान रहेको छ ।

सोही प्रावधानअनुसार सरकारले बहालावाला सचिवमध्ये ज्येष्ठता र कार्यकुशलताका आधारमा एक जनालाई बढुवा गर्ने भएकाले यी ६ मध्ये एक जना मुख्य सचिव बन्नेछन् । हाल विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना सचिव कार्यरत छन् । प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा रहने मुख्यसचिव कसलाई बनाउने भन्ने विषयको निक्र्योल प्रधानमन्त्रीकै रुचिमा भर पर्छ त्यसैले यतिखेर मुख्य सचिवको दौडमा रहेका सचिवहरूले प्रधानमन्त्री निकटका नेता तथा सल्लाहकारमार्फत तीव्र लबिङ गरिरहेको स्रोतको दाबी छ ।

सेवानिवृत्त हुनुभन्दा १५ दिनअघि मात्रै मुख्य सचिव रेग्मीलाई कतै ‘सेटल’ गरिए त्यतिबेला मुख्यसचिवको प्रतिस्पर्धामा तीन जना सचिव मात्रै रहनेछन् ।

प्रतिस्पर्धामा रहने वैरागी, सापकोटा र अधिकारी सचिवको पाँच वर्षे सेवा अवधि समाप्त भई आगामी २२ असोजमा सेवानिवृत्त हुने भएकाले त्यसअघि नै मुख्य सचिव रेग्मीलाई अन्यत्र ‘सेटल’ गराउन उनीहरूले शक्तिकेन्द्रसमक्ष अनुनयविनय गरिरहेको स्रोतको दाबी छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ४५ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी