१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कोरोना संक्रमण जितेका व्यक्तिको अब नेपालमै प्लाज्मा परीक्षण गरिने



काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड—१९ संक्रमणबाट गम्भिर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ ।

संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने कुराहरु अध्ययनहरुले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ ।

परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए । उनले भने, ‘‘लास्ट स्टेजमा पुगेको मान्छेलाई निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भनेर बाहिरबाट पनि आइरहेको छ । हाम्रो इथिकल बोर्डले पारित ग¥यो । छिट्टै सुरु गर्छौ । डिस्चार्ज भएर जानेहरुले पनि हामी दिन्छौँ भनेर भनिरहेका छन् । हामी रिसर्च गर्छौ ।’’

परिषद्ले अहिले नेपालमा रहेका संक्रमितहरु विभिन्न देशबाट आएका व्यक्तिहरुमा लक्षणहरु पनि फरक फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ ।

परिषदले कोभिड—१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्याङ्कन सम्बन्धि अनुसन्धान समेत गरेको छ । सरकारले तोकेका कोभिड—अस्पतालका रुपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरुमा अध्ययन गरेको हो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ३० बजे

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम