१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लकडाउनपछि खुलेको पहिलै दिन नेप्सेको ओरालो



काठमाडौं । लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।

कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो । तरपनि सोमबारको बजार बन्द हुँदा सम्म नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अंकले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ । दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ ।

सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीको शेयरधनीले कमाएका छन् । यि कम्पनीका शेयधनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन् ।

जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार, र अन्य समुहका सूचकहरु बढेका छन् । बैंकिङ, निर्जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, माइक्रोफाइनान्स, म्युचुअल फण्ड समुहका सूचकहरु भने घटेका छन् ।

सोमबार देखि खुलेको नेप्से बजार लकडाउन अघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समय अनुसारको व्यवस्था बमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो । लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए त्यस दिनको कारोबार बन्द गर्ने गरी कारोबार खुल्ला गरिएको थियो । तर दुई दिन नै निर्धारीत समय अघि नै नकारात्मक सर्किट लागेर कारोबार भन्द भएपछि तेस्रो दिन देखि फेरी कारोबार बन्द गरिएको थियो ।

त्यसयता अनिश्चित बनेको शेयर बजार असार १५ गते (आज) देखि पुरानै व्यवस्था अनुसार खोलिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले लकडाउन भन्दा पहिले जुन अवस्थामा बजार सञ्चालनमा थियो सोही अनुसार नै खोलिएको बताए । उनले लकडाउन भन्दा पहिले परीक्षणको रुपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउसो ३ बजे सम्म बजार खुला गरिएको बताए ।

लकडाउन अघि परीक्षणको रुपमा एक घण्टा थप गरि दिउसो ४ बजे सम्म बजार सञ्चालन गरिएको थियो । सिइओ साउदले सार्वजनिक सवारी सधान नचलेको, बैंक पनि विहान १० बजेदेखि दिउसो ३ बजे सम्म चलेको र निजी सवारी सधान जोर बिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणको रुपमा राखिएको एकघण्टा हटाइएको बताए । साउदले महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणको रुपमा राखिएको समयलाई जारी गर्ने या नगर्ने निर्णय हुने जानकारी दिए । साउदले दोस्रो बजार अब कुनैपनि अवस्थामा बन्द नहुने दावी समेत गर्नुभयो । दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने विश्वास व्यक्तगरे ।

नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले शेयर कारोबार पछिको रकम अनलाइन मार्फत सजिलै भुक्तानी गर्न र बैंक खातामा भुक्तानी पाउन सक्ने व्यवस्था भएकाले समस्या नहुने साउदले बताए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ५५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर