१४ चैत्र २०८२, शनिबार | March 28, 2026

लकडाउनपछि खुलेको पहिलै दिन नेप्सेको ओरालो



काठमाडौं । लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।

कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो । तरपनि सोमबारको बजार बन्द हुँदा सम्म नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अंकले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ । दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ ।

सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीको शेयरधनीले कमाएका छन् । यि कम्पनीका शेयधनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन् ।

जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार, र अन्य समुहका सूचकहरु बढेका छन् । बैंकिङ, निर्जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, माइक्रोफाइनान्स, म्युचुअल फण्ड समुहका सूचकहरु भने घटेका छन् ।

सोमबार देखि खुलेको नेप्से बजार लकडाउन अघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समय अनुसारको व्यवस्था बमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो । लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए त्यस दिनको कारोबार बन्द गर्ने गरी कारोबार खुल्ला गरिएको थियो । तर दुई दिन नै निर्धारीत समय अघि नै नकारात्मक सर्किट लागेर कारोबार भन्द भएपछि तेस्रो दिन देखि फेरी कारोबार बन्द गरिएको थियो ।

त्यसयता अनिश्चित बनेको शेयर बजार असार १५ गते (आज) देखि पुरानै व्यवस्था अनुसार खोलिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले लकडाउन भन्दा पहिले जुन अवस्थामा बजार सञ्चालनमा थियो सोही अनुसार नै खोलिएको बताए । उनले लकडाउन भन्दा पहिले परीक्षणको रुपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउसो ३ बजे सम्म बजार खुला गरिएको बताए ।

लकडाउन अघि परीक्षणको रुपमा एक घण्टा थप गरि दिउसो ४ बजे सम्म बजार सञ्चालन गरिएको थियो । सिइओ साउदले सार्वजनिक सवारी सधान नचलेको, बैंक पनि विहान १० बजेदेखि दिउसो ३ बजे सम्म चलेको र निजी सवारी सधान जोर बिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणको रुपमा राखिएको एकघण्टा हटाइएको बताए । साउदले महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणको रुपमा राखिएको समयलाई जारी गर्ने या नगर्ने निर्णय हुने जानकारी दिए । साउदले दोस्रो बजार अब कुनैपनि अवस्थामा बन्द नहुने दावी समेत गर्नुभयो । दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने विश्वास व्यक्तगरे ।

नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले शेयर कारोबार पछिको रकम अनलाइन मार्फत सजिलै भुक्तानी गर्न र बैंक खातामा भुक्तानी पाउन सक्ने व्यवस्था भएकाले समस्या नहुने साउदले बताए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ५५ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको