४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना महामारीको खतरनाक अवस्था आउन बाँकी नै रहेको डब्ल्युएचओको चेतावनी



एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको जनाएको छ ।

डब्ल्युएचओको नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानमले महामारीको खराब चरण आउन बाँकी नै रहेको बताए । उनले महामारी चाँडै अन्त्य होस् भन्ने सबैको चाहना पुरा हुने संकेत नदेखिएको स्पष्ट पारे । उनले भने, ‘यो महामारी अन्त्य होस भन्ने सबैको चाहना छ । हामीले भन्नै पर्छ यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौँ । महामारीको सबैभन्दा खराब अवस्था आउनै बाँकी छ ।’

महानिर्देशक डा.अधानमले महामारी फैलिनमा नीतिहरुको पालना नहुँनु मुख्य कारण भएको तर्क गरेका छन् । उनले संसारभरका सरकारले महामारी नियन्त्रणका लागि पालना गर्नूपर्ने नियम पालनामा ध्यान नदिएको आरोप लगाउंदै नियम पालना नगर्ने देशले जर्मनी, दक्षिण कोरिया र जापानबाट सिक्नुपर्ने बताए ।

संसारभर अर्थव्यवस्था, सामाजिक जनजीवन र वैयक्तिक स्वतन्त्रताका नाममा भएको खुकुलो पनका कारण कोरोना महामारी थप फैलिने क्रममा रहेको उनको भनाइ छ । कोरोनाविरुद्धको लडाईँमा एउटा देशको मात्र नभएर संसारभर सबैको विशिष्ट प्रकारको एकता आवश्य रहेकोमा डब्ल्युएचओले जोड दिएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको