७ आश्विन २०८३, बुधबार | September 23, 2026

अछामका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ३० पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको रामरोशनका ४५ वर्षीय पुरुषको असार १४ गते कोरोनाबाट मृत्यु भएको हो ।

असार १३ गते स्वाश्वप्रश्वासमा समस्या भै बयलपाटास्थित अस्पतालमा उपचारका लागि पुगेका ती पुरुषको १४ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । उनी मधुमेहका रोगी थिए ।

मृत्युपश्चात उनको स्वाब संकलन गरी १५ गते पीसीआर परीक्षण गरिएको थियो । १६ गते उनको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए ।

उनीसँगै रहेका अन्य दुई जना कुरुवाको भने पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ ।

यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ४ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११