१४ चैत्र २०८२, शनिबार | March 29, 2026

नक्कली छाप र लालपुर्जा बनाउंदै ऋण प्रवाह गर्ने बैंक कर्मचारी धमाधम प्रहरी नियन्त्रणमा



नेपालगञ्ज । सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर ऋण प्रवाह गरेको अभियोगमा नेपालगन्ज स्थित राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका थप एक जना कर्मचारीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैया ऋण लिएको घटनामा सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर अभियोगमा बैंकका थप एक जना कर्मचारी पक्राउ परेका हुन् ।

बैंकका ऋण सिफारिस समितिका सदस्य रहेका कलबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । यस अघि असार १२ गते नै सोहि अभियोगमा बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही पक्राउ परिसकेका छन् । गत जेठ २७ गते पक्राउ परेका सुनचाँदी व्यवसायी जसगढमाथि अनुसन्धान गर्नेक्रममा बैंकका प्रबन्धक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरुमा प्रहरीले सरकारी छाप र कागजात किर्तेको अनुसन्धान गर्ने तथा सम्बन्धित बैंकको अनुसन्धानमा बैंकिङ कसुर ठहर भई आएमा बैंकिङ कसुरको मुद्दा समेत चल्ने जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काल् जानकारी दिए । उनीहरु माथि बैंकले अनुसन्धान गरिरहेको खडकाले बताए । बैंकिङ कसुरको अनुसन्धानमा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने आकलन गरिएको छ ।

सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर एक करोड २५ लाख ऋण लिएका थिए । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख बैंकबाट ऋण लिएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ८ : १६ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको