६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो



काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीको घरमा सुरक्षा सतर्कता बढाइएको छ। कार्कीसहितको पदाधिकारीलाई सुरक्षा थ्रेट भएको भन्दै उनीहरुको आवास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।

जाँचबसझ प्रतिवेदनलाई आधार मान्दै सरकारको आदेशमा प्रहरीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेसँगै एमालेले काठमाडौंसहित देशका धरै स्थानहरुमा प्रदर्शन गरेको छ । प्रदर्शनमा जाँचबुझ आयोगको प्रतिवेदन पूर्वाग्रही भएको भन्दै गृहमन्त्री र जाँचबुझ आयोगका पदाधिकारी विरुद्ध नाराबाजी भएको छ ।

सम्भाब्य असुरक्षालाई ध्यानमा राख्दै जाँचबुझ आयोगका अध्यक्ष कार्की र दुवै जना सदस्य पूर्वएआईजी विज्ञानराज शर्मा र कानून व्यवसायी विश्वेश्वर भण्डारीको घरमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ। अध्यक्ष कार्कीको गुण्डुस्थिगत घरमा शनिबार दिउँसोदेखि नै सुरक्षाकर्मी खटाइएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जाँचबुझ आयोग गठन गरेको थियो।

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगमा पूर्वएआईजी शर्मा र कानून व्यवसायी विश्वेश्वर भण्डारी सदस्य थिए।

उनीहरूले गत फागुन २४ गते प्रतिवेदन बुझाएका थिए। त्यही प्रतिवेदनका आधारमा शनिबार बिहान सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री र लेखकलाई पक्राउ गरेको थियो।

 

 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ०४ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध