२३ असार २०८३, मंगलबार | July 7, 2026

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो



काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीको घरमा सुरक्षा सतर्कता बढाइएको छ। कार्कीसहितको पदाधिकारीलाई सुरक्षा थ्रेट भएको भन्दै उनीहरुको आवास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।

जाँचबसझ प्रतिवेदनलाई आधार मान्दै सरकारको आदेशमा प्रहरीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेसँगै एमालेले काठमाडौंसहित देशका धरै स्थानहरुमा प्रदर्शन गरेको छ । प्रदर्शनमा जाँचबुझ आयोगको प्रतिवेदन पूर्वाग्रही भएको भन्दै गृहमन्त्री र जाँचबुझ आयोगका पदाधिकारी विरुद्ध नाराबाजी भएको छ ।

सम्भाब्य असुरक्षालाई ध्यानमा राख्दै जाँचबुझ आयोगका अध्यक्ष कार्की र दुवै जना सदस्य पूर्वएआईजी विज्ञानराज शर्मा र कानून व्यवसायी विश्वेश्वर भण्डारीको घरमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ। अध्यक्ष कार्कीको गुण्डुस्थिगत घरमा शनिबार दिउँसोदेखि नै सुरक्षाकर्मी खटाइएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जाँचबुझ आयोग गठन गरेको थियो।

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगमा पूर्वएआईजी शर्मा र कानून व्यवसायी विश्वेश्वर भण्डारी सदस्य थिए।

उनीहरूले गत फागुन २४ गते प्रतिवेदन बुझाएका थिए। त्यही प्रतिवेदनका आधारमा शनिबार बिहान सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री र लेखकलाई पक्राउ गरेको थियो।

 

 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ०४ बजे

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी