१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संविधानको मर्म र भावनाअनुसार निजामति सेवा विधेयक आउँछ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताएका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावना अनुरुप ने निजामती विधेयक आउने बताएका हुन् ।

ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले विधेयकको सम्बन्धमा आफुले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने बताए । उनले संविधानको मर्म र भावना अनुरुप नै विधेयकको विकास गर्न आफुले अधिकतम प्रयत्न गर्ने समेत प्रतिवद्धता जनाए ।

भेटवार्तामा टे«ड युनियनका पदाधिकारीहरुले विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भइसकेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

उनीहरुले मौजुदा निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् ।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी बहुमतले पारित गरिसकेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ३ : ३४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना