१५ चैत्र २०८२, आइतबार | March 29, 2026

खल्तीले ल्यायो दुई गुणा अफर, खल्तीमा रकम पठाउनेलाई ११ दिनमै नगद दुई गुणा पार्ने अवसर



काठमाडौं । डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम (khalti.com) वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ ।

असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउनेछन् । बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ ।

विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अबधिमा १० रूपैयाँदेखी ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।

योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण (KYC) प्रमाणित (verify) गरिसक्नु पर्नेछ र प्रबर्धनात्मक योजनामा ‘खल्ती’ को सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने छन् । ११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ मा हुनेछ ।

विजेतालाइ ग्राहकहरूले पठाएको रकममा त्यती नै रकम ९अधिकतम रु। ५०० मात्र० थपेर ‘खल्ती’ ले विजेताकै खातामा उपलब्ध गराउनेछ र बिजेता नबन्ने सबै सहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ ।

यस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् र खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने छन् ।

‘हामीले नगदको सट्टा डिजिटलमाध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं । सबै खल्ती प्रयोगकर्ताले योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनुहोस् भन्ने आग्रह छ’, खल्तीका सहायक प्नबन्धक अनिल कार्कीले बताए ।

कार्कीले भने ‘मोवाइलबाटै नगद कारोबार गर्न सकिने सजिलो, सुरक्षित र छिटो प्रविधिलाइ सरकारले समेत प्रोत्साहन गरिरहेको छ । डिजिटल नेपाल बनाउने सरकारको अबधारणालार्ई सहयोग गर्न पनि हामीले यस प्रकारको योजना सुरू गरेका हौं ।’

खल्तीले आफ्नो नारा ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ बनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ५ : ४२ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको