१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खल्तीले ल्यायो दुई गुणा अफर, खल्तीमा रकम पठाउनेलाई ११ दिनमै नगद दुई गुणा पार्ने अवसर



काठमाडौं । डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम (khalti.com) वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ ।

असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउनेछन् । बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ ।

विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अबधिमा १० रूपैयाँदेखी ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।

योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण (KYC) प्रमाणित (verify) गरिसक्नु पर्नेछ र प्रबर्धनात्मक योजनामा ‘खल्ती’ को सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने छन् । ११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ मा हुनेछ ।

विजेतालाइ ग्राहकहरूले पठाएको रकममा त्यती नै रकम ९अधिकतम रु। ५०० मात्र० थपेर ‘खल्ती’ ले विजेताकै खातामा उपलब्ध गराउनेछ र बिजेता नबन्ने सबै सहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ ।

यस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् र खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने छन् ।

‘हामीले नगदको सट्टा डिजिटलमाध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं । सबै खल्ती प्रयोगकर्ताले योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनुहोस् भन्ने आग्रह छ’, खल्तीका सहायक प्नबन्धक अनिल कार्कीले बताए ।

कार्कीले भने ‘मोवाइलबाटै नगद कारोबार गर्न सकिने सजिलो, सुरक्षित र छिटो प्रविधिलाइ सरकारले समेत प्रोत्साहन गरिरहेको छ । डिजिटल नेपाल बनाउने सरकारको अबधारणालार्ई सहयोग गर्न पनि हामीले यस प्रकारको योजना सुरू गरेका हौं ।’

खल्तीले आफ्नो नारा ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ बनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ५ : ४२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा