३१ श्रावण २०८३, आइतबार | August 16, 2026

‘खल्ती’ ले ल्यायो वर्ल्डलिंकका प्रयोगकर्तालाई ‘खल्तीमा १०० जीबी’ अफर



काठमाडौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ । जस अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००ं हटस्पटहरुमा १०० जीबी फ्रि वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन् ।

१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ ।

रजिस्टर गरे पश्चात खल्ती एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी” आइकनमा गई “गेट १०० जीबी फ्रि वाईफाई” मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिनेछ ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ । यो अफर पौष २७ देखि माघ २६, २०७८ सम्म लागु हुनेछ। यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : ०६ बजे

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन