१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कोरोना जितेर नाच्दै अस्पतालबाट बाहिरिए, अहिले जिन्दगीसँग हार्दैछन् उनी



बुटवल । तीन वर्षको उमेरमा आफ्ना बाप (बुवा)लाई सधैंको लागि गुमाए । आमा विगत लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित छन् । दुई जना बहिनीलाई पालनपोषण गर्ने, आमा बिरामी हुँदा लागेको ऋण तिर्ने जिम्मेवारी उनी र दाइको काँधमा छ ।

आमा क्यान्सरको बिरामी भएको कारण उपचारको लागि रकम अभाव छ । त्यसैले आमाको उपचार गर्नैका लागि रकम जुटाउन उनी रोजगारी खोज्दै भारत गएका थिए ।

केही समय पहिला कोरोना संक्रमणबाट निको भएर घर फर्केका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका कृष्णकुमार यादवको यथार्थता हो ।
गत अप्रिल महिनाको १४ गते आमा बिरामी भएको र ६० वर्षीय आमाको उपचारको लागि भरतपुर क्यान्सर अस्पताल लैजानुपर्ने भन्दै दाजुबाट खबर पाएपछि कृष्ण यादव भारतबाट स्वदेश फर्किए । भारतको नयाँ दिल्लीमा काम गर्दै आएका थिए उनी । कोरोना संक्रमणको कारण भारत, नेपाल लकडाउन भैसकेपछि रोजगारी पनि गुमिसकेको थियो । त्यहीबेला दाइबाट आमाको खबर पाएपछि उनी घर फर्किन वेचैन भएका थिए ।

नयाँ दिल्लीबाट करिब ३२ किलोमिटर पैदल हिडेर र त्यसपछि उनी ट्रकमा बसेर नेपाल भारत सिमानासम्म आएका थिए कृष्णकुमार । घर फर्किंदै गर्दा उनले कोरोना भाइरस पनि साथमै लिएर आए । स्वास्थ्य चेकजाँच हुँदा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखियो ।
‘घर आयो भनेर मलाई धरैले गाली दिए । तर घर आउनु मेरो बाध्यता थियो’, कोरोना संक्रमणबाट निको भएका कृष्ण कुमार भन्छन्, ‘आफ्नो आमाको पाठेघरको क्यान्सरको उपचारको लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्नको लागि लिएको १ लाख रुपैयाँ तिर्न अहिले समस्या छ ।’

बुटवलमा रहेको कारोना विशेष अस्पतालमा रहँदा चिकित्सक, स्वाथ्यकर्मी सबैबाट विशेष सहयोग प्राप्त भएको उनी बताउँछन् । अस्पतालमा बस्दा चिकित्सकहरुको नियमित रुपमा सहयोग भएको कारण सहज भएको र अझ बढि हौसला थपेको उनको भनाई छ । आफुलाई हौसला बढाउनको लागि उनले नियमित रुपमा डान्स (नृत्य) समेत गर्ने गरेको बताउँछन् ।

सिंगो अस्पतालमा सुरुवाती दिनमा ६ दिनसम्म एक्लै हस्पिटलमा बसेका थिए कृष्ण यादव । ६ दिनपश्चात २ जना तौलिहवाबाट संक्रमित आएका थिए । उनी १२ औं दिनमा हस्पिटलबाट निको भएर विदा भएका थिए ।

कोरोना भाइरसमाथि विजय प्राप्त गरेका यिनै कृष्णकुमार अहिले आर्थिक विपन्नताको कारण जीवन संघर्ष गरिरहेका छन् । ९८६६६२४३९७ नम्वरको मोवाइल चलाउने कृष्ण यतिबेला आर्थिक संकटकै कारण सहयोग मनहरुको खोजीमा छन् ।

बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा नाचेर कोरोना जितेको पहिचान बनाएका उनले । तर, अहिले उनको नाच्ने अवस्था छैन । आमाको उपचारका लागि लिएको १ लाख ऋण कसरी तिर्ने भनेर दिनदिनै चिन्ता थपिएको छ ।

आमाको उपचारकै लागि रोजगारी खोज्दै भारत गएका कृष्ण नेपाल आउँदा कोरोना संक्रमित बने । तर, आमाको उपचारको लागि लागेको ऋण अझै तिर्न सकेका छैनन । कयौं सपना बोकेर भारत गएका उनी काम नचलेपछि निर्धारित समय भन्दा पहिला नै घरमा आउनुपर्ने बाध्यता बन्यो ।

साहुसँग लिएको ऋण तिर्न नसक्ने अवस्था आएको कारण अहिले उनले सहयोगी मनका सहयोगापेक्षीहरुको हातको आशामा जीवन व्यतित गर्दै छन् ।

जीवन कतिखेर के हुने हो भन्ने विषयमा उनलाई थाहा छैन । उनी भन्छन्, ‘सहयोगी हातहरुको अपेक्षामा छु, कसैले सहयोग गरेमा मलाई राहत हुने थियो ।’

हालसम्म स्थानीय निकाय, कसैले पनि सहयोग गरेका छैनन् उनलाई । रोजगारी गुमेको छ, आमाको अवस्था उस्तैछ, फेरिएको छ झन ठूलो ऋणको भारी । परिवार विचल्लीमा परेको गुनासो गर्दै कृष्ण कुमारले यसको लागि सहयोेगका लागि याचना गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ३० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम