८ कार्तिक २०८३, आइतबार | October 25, 2026

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित



काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ । टोलीले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए ।

“फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,” खड्काले भने। ३१ वर्षीय एलेन बायाँहाते स्पिन बलिङ र आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् ।

सुदूरपश्चिमले शनिबार वेष्ट इन्डिजकै अर्का खेलाडी शेरफन रदरफोर्डलाई पनि अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  १ : ३७ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको