२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघको प्रदर्शन



काठमाडौं । पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो ।

लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिर बाट निकाल्ने, बिना तलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको भन्दै राजधानीको बबरमहलमा प्रदर्शन गरिएको हो ।

पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्ेमवारीविहिन बनाउने जस्ता समस्या विभिन्न सञ्चारगृहमा देखिएकाले महासंघले प्रदर्शन गरेको छ ।

पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । श्रमजीवीहरुको मुद्धामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष आचार्यले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने प्रतिवद्धता जनाए । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागु नभएका मिडिया हाउसमा केन्द्रीत हुने उनले बताए ।

‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’, ‘सन्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?, ‘मेरा सम्पादकको मुटु छ मर्म छैन ।’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडक भडकमा, पत्रकार भोकै सडकमा’, नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा सहभागि भएका थिए ।

लकडाउनको अवधिमा समस्या देखाएर पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बेतलबि विदामा राख्ने, समयमै पारिश्रमिक नदिने जस्ता समस्या देखिएका सञ्चारगृहमा शनिबारबाट धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : ४२ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका