२० आश्विन २०८३, मंगलबार | October 7, 2026

नेकपाको विवाद सचिवालय, स्थायी समिति हुंदै सडक सम्म, केपी ओली समर्थकको बुटवलमा सरकार पक्षीय प्रदर्शन



बुटवल । स्थायी समिति, सचिवालय र सञ्चार माध्यममा सिमित रहेको नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को विबाद अव सडकमा पुगेको छ । आज नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समर्थकहरुले सडकमा उत्रिएर पार्टी भित्रका केपी ओली ईतरका नेताहरु बिरुद्ध नारा लगाएका छन् ।

मदन स्पोर्टस एकेडेमिको ब्यानरमा बुटवलको सडकमा उत्रिएका केपी समर्थकहरुले पार्टीका अन्य नेताहरुले केपी ओलीको लोक प्रियता सहन नसकेको आरोप लगाए । उनीहरुले राष्ट्रियता बलियो बनाउंदै गुमेको भुमि फर्काउने अभियान अगाडी बढेको बेला सरकार ढाल्ने खेल खेलेर पार्टीका नेताहरुले बिदेश भक्ति देखाएको आरोप लगाए ।

ओली समर्थकले केपी सरकारको पालाृमा सरकारी कार्यालयमा भ्रस्टाचार कम भएको दाबी गर्दै केपी ओलीलाई सरकारबाट हटाउन चाहने नेताहरुले भ्रस्टाचारलाई संस्थागत गर्न चाहेको आरोप लगाए । उनीहरुले पार्टी नेताहरुले सरकार ढाल्ने प्रयत्न गरे प्रतिकारमा उत्रने उदघोष समेत गरे ।

कार्यक्रममा बोल्दै मदन भण्डारी स्पोर्टस एकेडेमिका प्रदेश ५ अध्यक्ष नरबहादुर घर्तीले स्थायी समिति र सचिवालयको काम सरकार ढाल्ने नभएको बताउंदै महाधिवेशनले बनाएको अध्यक्ष महाधिवेशनलेमात्र फेर्न सक्ने जिकिर गरे । सरकार फेर्ने नेताहरुले राष्ट्रियता बिदेशीलाई सुम्पन खोजेको आरोप लगाउंदै उनले बिगतमा पार्टी चलाउंदा पार्टीलाई सिढ्याउनेहरुलाई सरकार ढाल्ने अधिकार नभएको बताए ।

ओली समर्थकहरुले बुटवलको मिलनचौकबाट सुरु गरेको प्रदर्शन ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : १२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते