७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपाको विवाद सचिवालय, स्थायी समिति हुंदै सडक सम्म, केपी ओली समर्थकको बुटवलमा सरकार पक्षीय प्रदर्शन



बुटवल । स्थायी समिति, सचिवालय र सञ्चार माध्यममा सिमित रहेको नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को विबाद अव सडकमा पुगेको छ । आज नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समर्थकहरुले सडकमा उत्रिएर पार्टी भित्रका केपी ओली ईतरका नेताहरु बिरुद्ध नारा लगाएका छन् ।

मदन स्पोर्टस एकेडेमिको ब्यानरमा बुटवलको सडकमा उत्रिएका केपी समर्थकहरुले पार्टीका अन्य नेताहरुले केपी ओलीको लोक प्रियता सहन नसकेको आरोप लगाए । उनीहरुले राष्ट्रियता बलियो बनाउंदै गुमेको भुमि फर्काउने अभियान अगाडी बढेको बेला सरकार ढाल्ने खेल खेलेर पार्टीका नेताहरुले बिदेश भक्ति देखाएको आरोप लगाए ।

ओली समर्थकले केपी सरकारको पालाृमा सरकारी कार्यालयमा भ्रस्टाचार कम भएको दाबी गर्दै केपी ओलीलाई सरकारबाट हटाउन चाहने नेताहरुले भ्रस्टाचारलाई संस्थागत गर्न चाहेको आरोप लगाए । उनीहरुले पार्टी नेताहरुले सरकार ढाल्ने प्रयत्न गरे प्रतिकारमा उत्रने उदघोष समेत गरे ।

कार्यक्रममा बोल्दै मदन भण्डारी स्पोर्टस एकेडेमिका प्रदेश ५ अध्यक्ष नरबहादुर घर्तीले स्थायी समिति र सचिवालयको काम सरकार ढाल्ने नभएको बताउंदै महाधिवेशनले बनाएको अध्यक्ष महाधिवेशनलेमात्र फेर्न सक्ने जिकिर गरे । सरकार फेर्ने नेताहरुले राष्ट्रियता बिदेशीलाई सुम्पन खोजेको आरोप लगाउंदै उनले बिगतमा पार्टी चलाउंदा पार्टीलाई सिढ्याउनेहरुलाई सरकार ढाल्ने अधिकार नभएको बताए ।

ओली समर्थकहरुले बुटवलको मिलनचौकबाट सुरु गरेको प्रदर्शन ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११