४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोभिड-१९ को बिश्व सुचीमा उकालो चढ्दै नेपाल, शुक्रबारको तथ्यांकले ६० औं स्थानको संक्रमित मुलुक बन्यो



काठमाडौं । लकडाउन खुकुलो गरेसंगै नेपाल कोभिड १९ को संक्रमणको रेकर्डमा माथि चढ्दै गएको तथ्यांकले देखाएको छ । शुक्रबार एकै दिन ७ सयभन्दा धेरै संक्रमित फेला परेपछि नेपाल बिश्व मानचित्रमा संक्रमणको सुचिमा संक्रमण बढ्दो मुलुकमा दर्ज भएको हो ।

यसअघि मोरक्को, दक्षिण कोरिया र डेनमार्कलाई पछि पारेको नेपालले अब सर्बियालाई छिट्टै उछिन्ने सम्भावना देखिएको छ । शुक्रबारको पुष्टि भएको १५ हजार २ सय ५९ जनाको रेकर्डले अल्जेरिणलाई उछिन्दै नेपाल संक्रमित मुलुकको सुचिमा उकालो लागेको छ ।

संक्रमण फैलिएको मुलुको स्थानमा नेपाल ६० औं स्थानमा रहेको छ। १५ हजार ७० जना संक्रमित रहेको अल्जेरियालाई नेपालले शुक्रबारमात्र उछिनेको हो। सर्बियामा अहिले १५ हजार ५ सय ४ जना संक्रमित रहेका छन्।

त्यसभन्दा अगाडि मोल्दोभा रहेको छ जहाँ संक्रमितको संख्या १७ हजार ४ सय ४५ रहेका छन्। त्यसभन्दा अगाडि अस्ट्रिया रहेको छ जहाँ १८ हजार ५० जना संक्रमित रहेका छन्। जापान १९ हजार १ सय ८५ संक्रमित छन् भने अजरबैजानमा १९ हजार २ सय ६७ जनमा संक्रमण पुष्टि भएको छ ।

अनुपातलाई बिश्लेषण गर्दा शुक्रबार कै रफ्तारमा नेपालमा बृद्दि हुंदै गएका छिट्टै जापान, अजरबैजान, मोल्देभा लगायतका मुलुकलाई पछि पार्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको