१९ माघ २०८२, सोमबार | February 3, 2026

नक्कली सवारी पास देखाएर यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ



काठमाडौं । नक्कली सवारी पास देखाएर यात्रु ओसारपसार गर्ने एक बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगन्जबाट काठमाडौं आउदै गरेको ना ६ ख ८४४५ नम्बरको बस तथा बसका चालक बाँके कोहलपुर नगरपालिका(१२ का आशिष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगंजबाट काठमाडौं आएको उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बमोजिम आएको तथा ३७ जना यात्रु संख्याको लागि जारी भएको उक्त पास सहित आएको बसमा २४ जना यात्रुहरू रहेका फेला परेको थियो ।
उक्त पास शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्दा उक्त पास जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पासको किर्ते भएको पाइएपछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

बसमा सवार यात्रुहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङजोनमा पठाइएको र थापालाई मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ५१ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली