१४ माघ २०७९, शनिबार | January 28, 2023

नक्कली सवारी पास देखाएर यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ



काठमाडौं । नक्कली सवारी पास देखाएर यात्रु ओसारपसार गर्ने एक बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगन्जबाट काठमाडौं आउदै गरेको ना ६ ख ८४४५ नम्बरको बस तथा बसका चालक बाँके कोहलपुर नगरपालिका(१२ का आशिष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगंजबाट काठमाडौं आएको उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बमोजिम आएको तथा ३७ जना यात्रु संख्याको लागि जारी भएको उक्त पास सहित आएको बसमा २४ जना यात्रुहरू रहेका फेला परेको थियो ।
उक्त पास शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्दा उक्त पास जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पासको किर्ते भएको पाइएपछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

बसमा सवार यात्रुहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङजोनमा पठाइएको र थापालाई मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ५१ बजे

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार

शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

मुम्बई । बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो

नेपाली सेनाले २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाउने

काठमाडौं । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष

रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : डा. हेम राज शर्मा, उपाध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेम राज शर्माले

प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ

लमजुङ । प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ