१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘राष्ट्रपति र म विरूद्ध षड्यन्त्र भैरहेको छ, नियन्त्रण गर्नुपर्ने अवस्था आउनसक्छ’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री राज्यमन्त्री र सल्लाहकारहरूसँग गम्भीर छलफल गरेका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले आफु र राष्ट्रपति विरूद्ध षडयन्त्र भरहुन थालेको भन्दै त्यसलाई नियन्त्रण गरिनुपर्ने बताएका छन् ।

‘मेराविरुद्ध षडयन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई मैले बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’, ओलीको भनाइबारे एक मन्त्रीले बताए ।

‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस्,’ प्रधानमन्त्रीको भनाइ थियो ।

ओलीले यस्तो बेलामा मन्त्रीहरुले समेत कित्ता छुट्याउनुपर्ने हुनसक्ने भन्दै सम्भावित अवस्थाको चेतावनीसमेत दिएका छन् ।

राष्ट्रपति भण्डारीसँग भेट डेढघण्टा छलफल गरी प्रधानमन्त्री ओली बालुवाटार फर्किए पछि मन्त्रीहरू, राज्रयमन्त्रीहरू र सबै सल्लाहकारहरूसँग छलफल गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनको बीचमा दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

ओली शनिबार साँझ ५ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

पार्टीभित्रको तिब्र अन्तरविरोधका बीच भएको भेट र मन्त्रीहरूसँगको छलफल गम्भीर भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीफे राष्ट्रपतिलाई भेट गरेलगत्तै मन्त्रिपरिषद् बैठक बसाली संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेपछि अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहका नेताहरू भने खुमलटारमा जम्मा भएर सम्भावित आंकलन गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ३२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्