७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘राष्ट्रपति र म विरूद्ध षड्यन्त्र भैरहेको छ, नियन्त्रण गर्नुपर्ने अवस्था आउनसक्छ’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री राज्यमन्त्री र सल्लाहकारहरूसँग गम्भीर छलफल गरेका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले आफु र राष्ट्रपति विरूद्ध षडयन्त्र भरहुन थालेको भन्दै त्यसलाई नियन्त्रण गरिनुपर्ने बताएका छन् ।

‘मेराविरुद्ध षडयन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई मैले बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’, ओलीको भनाइबारे एक मन्त्रीले बताए ।

‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस्,’ प्रधानमन्त्रीको भनाइ थियो ।

ओलीले यस्तो बेलामा मन्त्रीहरुले समेत कित्ता छुट्याउनुपर्ने हुनसक्ने भन्दै सम्भावित अवस्थाको चेतावनीसमेत दिएका छन् ।

राष्ट्रपति भण्डारीसँग भेट डेढघण्टा छलफल गरी प्रधानमन्त्री ओली बालुवाटार फर्किए पछि मन्त्रीहरू, राज्रयमन्त्रीहरू र सबै सल्लाहकारहरूसँग छलफल गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनको बीचमा दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

ओली शनिबार साँझ ५ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

पार्टीभित्रको तिब्र अन्तरविरोधका बीच भएको भेट र मन्त्रीहरूसँगको छलफल गम्भीर भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीफे राष्ट्रपतिलाई भेट गरेलगत्तै मन्त्रिपरिषद् बैठक बसाली संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेपछि अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहका नेताहरू भने खुमलटारमा जम्मा भएर सम्भावित आंकलन गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ३२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११