१४ भदौ २०८३, आइतबार | August 30, 2026

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीचको बालुवाटारमा वार्ता सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सुरु भएको छ ।

आन्तरिक विवाद समाधानका लागि अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई भारतसँग मिलेको आरोप लगाउनुभएपछि विवाद उत्कर्षमा पुगेको थियो । पार्टी विभाजनको अवस्थासम्म पुग्न नदिनका लागि दुवै अध्यक्षले अहिले छलफल थालेका हुन् । शुक्रबार दिउँसो बालुवाटारमा झण्डै तीन घन्टासम्म चलेको वार्तामा दुवै पक्षले आ-आफ्नै अडान राखेका थिए ।

हिजो प्रधानमन्त्री ओलीको आग्रहमा स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो । तर हिजो हुने भनिएको वार्ता भने प्रधानमन्त्री ओलीले अन्य परामर्श भन्दै स्थगित गरेका थिए । छलफल सहमतितर्फ उन्मुख भएमा स्थायी कमिटी बैठक केहीदिन स्थगित गरेर सहमति कायम गर्ने प्रयास गर्न दोस्रो तहका नेताहरुले शिर्ष नेताहरुलाई आग्रह गरेका छन् । विवाद समाधानमा प्रगति नभएमा दुवै पक्षले आआफ्नो रणनीति हनुसार तयारी गर्नेछन् ।

आजको वार्तामा दुबै अध्यक्ष हरुले साछीकारुपमा २, २ जना आफु निकटका नेताहरुलाई सहभागि गराएका छन् । ओल्लिे महासचिव बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डले जनार्दन शर्मा र वर्षमान पुनलाई छलफलमा सहभागि गराईएको छ ।

पार्टी बैठक चलिरहेका समयमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अचानक संसद बैठक अन्त्यका लागि सिफारिस गर्नुभएको थियो । त्यसपछि दुवै अध्यक्षले आआफ्नो टोलीमा पनि परामर्श तिब्र पारेका छन् ।

यहीँबीचमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको बताउनुभएको थियो । दुई अध्यक्ष बिच वर्ता सुरुहुनु अघि प्रचण्ड सहित बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति बिद्यादेवी भण्डारी भेटन सितल निवास पुगेका थिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १२ : ५७ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा