१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

६ वटा ‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरद्वारा दश दश लाखको आर्थिक सहयोग



काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेका ६ वटा ‘ए’ डिभिजन क्लबलाई कामनपाले १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

महानगरले सोमबार एक कार्यक्रम आयोजना गरी फुटबल क्लबहरुलाई रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाबाट आर्थिक सहायता रकम प्राप्त गर्ने क्लबहरुमा मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्याङ्दी कल्ब रहेका छन् ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गरे ।

त्यसअवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख शाक्यले खेलकुदको विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताए । शाक्यले महानगरभित्र रहेका ‘ए’ डिभिजनलाई १० लाख रुपैयाँ, ‘बि’ डिभिजनलाई ३ लाख रुपैयाँ र ‘सी’ डिभिजनलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको र आगामी वर्षदेखि सहयोग रकमलाई वृद्धि गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । शाक्यले महानगरले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको र खेलकुदको विकासका लागि सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको जनाए ।

कोभिड १९ महामारीका कारण विगतका वर्षमा जस्तै ‘ए’, ‘बि’ र ‘सी’ डिभिजनका क्लबहरुलाई एकैसाथ सहयोग गर्न नसकिएको उनले बताए । तर, छिट्टै नै ‘बि’ र ‘सी’ लाई पनि सहयोग उपलब्ध गराउने महानगर प्रमुख शाक्यले प्रतिवद्धता जनाए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गरेको सहयोगको प्रसंशा गरे ।

काठमाडौं महानगरपालिकाले गत वर्ष पनि ‘ए’, ‘बि’ र ‘सी’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ०४ बजे

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा