१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सोमबारदेखि रसुवागढी नाकाबाट सामान आयात शुरू



रसुवा । सोमबारदेखि रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ ।

कोभिड-१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पुर्‍याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् । सोमबार मध्याह्न १२ बजे अगावै दुई ट्रकमा जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भन्सार हातामा पुगिसकेको र आउने क्रम जारी रहेको प्रनाउ थापाले बताए ।

कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ । रासस

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : २२ बजे

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक