१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बाँकेको खजुरामा औद्योगिक ग्राम बन्दै, लगानीकर्ताहरुको प्राथमिकता खजुरामा पर्नेे बिश्वास



नेपालगन्ज । सरकारले बिभिन्न जिल्लाहरुमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तर्गत बाँकेको खजुरा औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको कामलाई तिब्रता दिएको छ ।

आर्थिक वर्ष २०७६।७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेसँगै गाँउपालिकाले औदोगिक ग्रामको डिपिआर लगायतको काम अगाडी बढाएको थियो । । गाँउपालिकाले औद्योगिक ग्रामको डिपिआर तयार गरि सोमवार सरोकारवाला निकायबीच छलफल समेत गरेको छ ।

स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे अनुसार, बाँकेमा खजुरा गाउँपालिका सरकारको सुचीमा परेको हो ।

खजुरामा खजुरा गाउँपालिका–६ पुरनैनामा औद्योगिक ग्राम निर्माणका लागि जग्गा व्यवस्थापन गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । कक्षपतिले औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आर्कषित गर्ने बिश्वास गरे ।

नमुना गाउँपालिकामा रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठुला लगानीकर्ता आकृषित गर्ने नीति बनाएर अगाडी बढेको कक्षपतिले बताए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : २७ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम