४ श्रावण २०८३, सोमबार | July 20, 2026

मंगलबार शेयर बजार ३७ अङ्कले बढ्यो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ९३ विन्दुले बढेर एक हजार ३३६ दशमलव ६६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ७१ अङ्कले बढेर २८२ दशमलव ५९ मा पुगेको छ । कुल १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता शेयर रु एक अर्ब २१ करोड २४ लाख २६ हजार २६७ मा खरिदबिक्री भए ।

आज कारोबार भएका कुल १२ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैंकिङ २५ दशमलव ८३, व्यापार ३४ दशमलव ६१, होटल १२७ दशमलव १, विकास बैंक ३४ दशमलव ८१, जलविद्युत् २६ दशमलव ४९, वित्त १९ दशमलव ४, निर्जीवन बीमा ३६५ दशमलव ४६, उत्पादन ४१ दशमलव ८३, अन्य २७ दशमलव ०५, लघुवित्त ७६ दशमलव ५५, जीवन बीमा १९८ दशमलव ३८ र सामूहिक लगानी कोष ० दशमलव १६ ले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड १२ लाख ६७ हजार ८३ बरारबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु आठ करोड ६० लाख ३५ हजार १२०, हिमालयन डिष्टिलरी रु पाँच करोड ८६ लाख ६६ हजार ८८३, एनएमबी बैंक रु पाँच करोड नौ लाख २३ हजार १६१ र छिमेक लघुवित्त विकास बैंकको रु चार करोड २४ लाख १९ हजार ६२६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

स्टकका अनुसार आज मञ्जुश्री फाइनान्स, पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल, प्रुडेन्सिय इन्स्योरेन्सका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै हिमालयन जनरल इन्स्योरेन्स, ९ दशमलव ९७, सूर्योदय लघुवित्त ९ दशमलव ९५ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकतो ९ दशमलव ९५ प्रतिशतले कमाए ।

यस्तै खानीखोला हाइड्रोपावर ३।८५, ग्लोबल आइएमई लघुवित्त ३ दशमलव ७१, घलेम्दी हाइड्रो ३ दशमलव ४५, रिलायन्स फाइनान्स ३ दशमलव ०८ र एनआईसी एसिया बैंकको संस्थापक शेयरधनीले २ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ५१ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री