१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार छ सय ६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० को कारोबार भएको छ ।

लगानी समूह शून्य दशमलव शून्य आठ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह एक दशमलव ६३ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ५४, वित्त शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ४९ र जलविद्युत् समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा शून्य दशमलव ५५, लघुवित्त शून्य दशमलव ९४, म्युचुअल फण्ड शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार शून्य दशमलव शून्य सात र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेका छन् ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ सात दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रु ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार आठ सय १३ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ३ : २९ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै