२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

उद्योग व्यवसाय चलाउने नीति ल्याउन राष्ट्र बैंकसँग नेपालगन्ज उद्योग वाणिज्य संघको माग



नेपालगन्ज । उद्योग व्यवसाय चल्न सक्ने वातावरण बनाउन माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरसको महामारीका कारण चारमहिनादेखि उद्योग व्यवसाय ठप्प भएको भन्दै उद्योगमैत्री नीति ल्याउन नेपालगन्ज उद्योग वाणिज्य संघले राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको हो ।

व्यवसायीहरुले राष्ट्र बैंक समक्ष विभिन्न ११ बुँदे माग अघि सारेका छन् । जसमा बैंकहरुले सहुलियत कर्जा तथा आकस्मिक कर्जा तत्काल सरल प्रक्रिया अपनाई तोकिएको भन्दा बृद्धि गर्नुपर्ने, व्यवसायीलाई लक्षित गरी सहुलियत ब्याजदर तीन प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

यसैगरी, विद्यमान सबै ऋणलाई दुई वर्षको लागि ब्याज र किस्तालाई पूँजीकरण गर्ने र दुई वर्षभित्र न्यून लागतमा ब्याज तिर्ने व्यवस्था गर्ने, मासिक, त्रयमासिक किस्ताहरुको भुक्तानी अवधि कम्तीमा ६ महिनासम्म स्थगित गर्ने व्यवस्था तथा अन्य कर्जाको भुक्तानी म्याद दुई वर्षदेखि ५ वर्षसम्म कायम गर्नुपर्ने माग पनि गरिएको छ ।

यस्तै, कोभिड–१९ को असरले घाटामा गएका कम्पनी तथा फर्मलाई कारोबारको अनुपातमा पुनर्कर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, टे«डिङ व्यवसाय तथा अन्य व्यवसायहरुलाई ऋण र धितोमा नै बिना शर्त ३० प्रतिशतसम्म न्यून ब्याजमा पुनर्कर्जा दिने सरल र सहज व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

लकडाउनको अवधिमा कर्जाको ब्याज भुक्तानी गर्ने व्यवसायीहरुलाई छुट तथा ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने, कर्जाको ब्याजदर घटाउन, वेस रेट कम गर्न निक्षेप र कर्जाको बीचको अन्तर घटाएर तीन प्रतिशत कायम गर्नुपर्ने माग पनि नेपालगन्ज उद्योग वाणिज्य संघले राष्ट्र बैंक समक्ष गरेको छ ।

यस्तै, राष्ट्रिय स्तरमा मात्र उत्पादित कच्चा पदार्थ प्रयोग हुने सान तथा मझौला उद्योग व्यवसायलाई शून्य ब्याजमा लगानी गर्ने वातावरण बनाउनु पर्नेलगायतको माग गरिएको छ ।

त्रिभुवनचोकस्थित संघको कार्यालयबाट नारा जुलुश गर्दै धम्बोझीस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाइएको हो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको उपस्थितिमा महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य, संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, अध्यक्ष अब्दुल वाहिद मन्सुरी ज्ञापनपत्र बुझाउने क्रममा उपस्थित भएका थिए ।

यसैगरी, उपाध्यक्षद्वय आदेश अग्रवाल र अमित बस्ने, महासचिव चिरञ्जीवी ओली, उपमहासचिव धर्मलाल अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामीलगायत कार्य समिति सदस्यसहित व्यवसायीको समूह त्यसक्रममा उपस्थित थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १२ : १९ बजे

देशको अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै आवश्यक : प्रधानमन्त्री प्रचण्ड

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र चलायमान बनाउन

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियो :मन्त्री किराँती

खोटाङ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न