२९ भदौ २०८३, सोमबार | September 15, 2026

उद्योग व्यवसाय चलाउने नीति ल्याउन राष्ट्र बैंकसँग नेपालगन्ज उद्योग वाणिज्य संघको माग



नेपालगन्ज । उद्योग व्यवसाय चल्न सक्ने वातावरण बनाउन माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरसको महामारीका कारण चारमहिनादेखि उद्योग व्यवसाय ठप्प भएको भन्दै उद्योगमैत्री नीति ल्याउन नेपालगन्ज उद्योग वाणिज्य संघले राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको हो ।

व्यवसायीहरुले राष्ट्र बैंक समक्ष विभिन्न ११ बुँदे माग अघि सारेका छन् । जसमा बैंकहरुले सहुलियत कर्जा तथा आकस्मिक कर्जा तत्काल सरल प्रक्रिया अपनाई तोकिएको भन्दा बृद्धि गर्नुपर्ने, व्यवसायीलाई लक्षित गरी सहुलियत ब्याजदर तीन प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

यसैगरी, विद्यमान सबै ऋणलाई दुई वर्षको लागि ब्याज र किस्तालाई पूँजीकरण गर्ने र दुई वर्षभित्र न्यून लागतमा ब्याज तिर्ने व्यवस्था गर्ने, मासिक, त्रयमासिक किस्ताहरुको भुक्तानी अवधि कम्तीमा ६ महिनासम्म स्थगित गर्ने व्यवस्था तथा अन्य कर्जाको भुक्तानी म्याद दुई वर्षदेखि ५ वर्षसम्म कायम गर्नुपर्ने माग पनि गरिएको छ ।

यस्तै, कोभिड–१९ को असरले घाटामा गएका कम्पनी तथा फर्मलाई कारोबारको अनुपातमा पुनर्कर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, टे«डिङ व्यवसाय तथा अन्य व्यवसायहरुलाई ऋण र धितोमा नै बिना शर्त ३० प्रतिशतसम्म न्यून ब्याजमा पुनर्कर्जा दिने सरल र सहज व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

लकडाउनको अवधिमा कर्जाको ब्याज भुक्तानी गर्ने व्यवसायीहरुलाई छुट तथा ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने, कर्जाको ब्याजदर घटाउन, वेस रेट कम गर्न निक्षेप र कर्जाको बीचको अन्तर घटाएर तीन प्रतिशत कायम गर्नुपर्ने माग पनि नेपालगन्ज उद्योग वाणिज्य संघले राष्ट्र बैंक समक्ष गरेको छ ।

यस्तै, राष्ट्रिय स्तरमा मात्र उत्पादित कच्चा पदार्थ प्रयोग हुने सान तथा मझौला उद्योग व्यवसायलाई शून्य ब्याजमा लगानी गर्ने वातावरण बनाउनु पर्नेलगायतको माग गरिएको छ ।

त्रिभुवनचोकस्थित संघको कार्यालयबाट नारा जुलुश गर्दै धम्बोझीस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाइएको हो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको उपस्थितिमा महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य, संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, अध्यक्ष अब्दुल वाहिद मन्सुरी ज्ञापनपत्र बुझाउने क्रममा उपस्थित भएका थिए ।

यसैगरी, उपाध्यक्षद्वय आदेश अग्रवाल र अमित बस्ने, महासचिव चिरञ्जीवी ओली, उपमहासचिव धर्मलाल अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामीलगायत कार्य समिति सदस्यसहित व्यवसायीको समूह त्यसक्रममा उपस्थित थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १२ : १९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ