१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग



सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ६० लाख रुपैयाँभन्दा बढीको राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र ठेकेदार वीरेन्द्रकुमार यादव छन् ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाका वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबाट राजस्व संकलन गर्ने क्रममा अनियमितता भएको थियो । राजस्व संकलनको जिम्मेवारी ठेकेदार यादवलाई अमानतमा दिइएको भए पनि प्रचलित कानुनी व्यवस्था र नगर कार्यपालिकाको निर्णयविपरीत राजस्व छुट दिइएको तथा सरकारी रकम हिनामिना गरिएको आयोगको आरोप छ ।

आरोपीहरूले सम्झौताबिनै अग्रिम राजस्व असुल गरेको, संकलन गर्नुपर्ने बाँकी राजस्व रकम असुल नगरेको र सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आयोगले जनाएको छ । त्यस्तै, नगरसभाबाट मात्र दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

आयोगले तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत केसीविरुद्ध जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ ।

त्यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत महतो र राजस्व शाखा प्रमुख सहनीविरुद्ध जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी गरिएको छ ।

ठेकेदार यादवविरुद्ध पनि एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी बिगो असुलउपर गर्न र भ्रष्टाचारसम्बन्धी कसुरमा सजाय गर्न माग गरिएको आयोगले जनाएको छ ।

आयोगले राजस्व संकलन तथा व्यवस्थापनमा भएको अनियमितताका सम्बन्धमा संलग्न रहेको आरोप लगाउँदै उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । मुद्दामा लगाइएका आरोपको अन्तिम निरूपण भने अदालतको फैसलाबाट हुनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ४ : १४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै