२४ माघ २०८२, शनिबार | February 8, 2026

संसद सचिवालयबाट सरिता गिरीको सांसद पद खारेज



काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद खारेज गरेको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेका छन् ।

समाजवादी पार्टीले गिरीलाई सांसद पदबाट हटाउन आग्रह गरेपछि संसद सचिवालयले गिरीको पद खारेज गरेको हो ।

पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीले गिरीलाई सांसद पद र पार्टीको साधारणसदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा–कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेपछि गिरीले त्यसको विरोध गरेकी थिइन । नयाँ नक्शालाई संवैधानिक अंग बनाउन सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमाथि पार्टी निर्णय विपरित गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन ।

समाजवादी पार्टीले गिरीले पार्टी र संसदीय दलको निर्देशन पालना नगरेर गम्भीर अनुशासन उल्लंघन गरेको निस्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ३ : ४२ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको