२९ भदौ २०८३, सोमबार | September 14, 2026

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले स्वीकृति दिएको छ ।

आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको हो । उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको भएपनि अदालतले ५ दिन मात्र अनुमति दिएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा दमन भएको र अत्याधिक दमनबाट ठुलो जनधनको क्षति भएको ठहर गर्दै सुशिला कार्की नेतृत्वको छानबिन आयोगले ओली र लेखकलाई फौजदारी अभियोगमा अनुसनधान गर्न सिफारिस गरेको थियो । ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर शनिबार बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो ।

आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओलीलाई भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित गराइएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : १४ बजे

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा