२० माघ २०८२, मंगलबार | February 3, 2026

ग्यापु मार्केट प्लेसद्वारा जी-बार (G-Bar)- Yes “The पार्टी संसार”- सुरु, एक घण्टामा घरमै डेलिभरी



काठमाडौं । लकडाउन सँगै सन्चालनमा आएको नेपाली ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (gyapu.com)ले जी–बार सन्चालनमा ल्याएको छ।

जी–बार अन्तर्गत अल्कोहल र तयारी खाजा राती ३ बजे सम्मै पनि डेलिभरी गरिने बताइएको छ। सुरु भएको ९० दिन भित्र नै १५ हजार भन्दा बढी सामानहरु घर घरमा डेलिभरी गर्न सफल भैसकेको अवस्थामा हाल सात हजार भन्दा बढी प्रडक्ट सजिलै अनलाईनमार्फत खरिद गर्न सकिन्छ ।

हरेक दिन ५०० भन्दा बढी नयाँ नयाँ सामान हरु थप भैरहेको छ ग्यापु मार्कोट प्लसका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । हालसम्म ३५ जना भन्दा बढी लाई रोजगार दिन सफल कम्पनीले हरेक भेन्डरको सामान आफ्नै स्टुडियोमा ४ जना डेडिकेटेड फोटोग्राफर प्रयोग गरी धमाधम प्रडक्ट शुट भैरहेको छ भने हाल सम्म लिमिटेड बिग सप्लाएर्स र डाइरेक्ट्कम्पनीहरु सँग नै सहकार्य भैरहेको संस्थाले जनाएको छ ।

यसैगरी सामान बिक्री भएको ३ देखि ५ दिन भित्रै भेन्डरलाई भुक्तानी दिने र निशुल्क सामान डेलिभरी गर्ने आकर्शक योजनाहरु पनि ग्यापुले प्रयोगमा ल्याएको छ ।

जी–बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफुलाई आवश्यक सामग्री ग्यापु डटकम बाट सोझै अर्डर गर्न सक्छ्न। सहजताका लागि फेसबुक पेजमा च्याट मार्फत र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेर समेत अर्डर गर्न सकिन्छ। जी–बार अन्तर्गतका सामग्री एक घन्टा भित्र घरैमा डेलिभरी हुने संस्थापक खड्काले बताए।

लकडाउनका कारण बार तथा रेस्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार सन्चालनमा ल्याइएको खड्काको भनाइ छ।

जी–बारको सेवा हप्तामा सातै दिन र दैनिक चौबीसै घण्टा रहने खड्काले जानकारी दिए। ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरी गरिने खड्काले बताए।

असार २४ गते बुधबारबाट सुरु भएको यो जी–बारमा ओपनिङ अफर अन्तर्गत बुधबार र बिहीबार १२ सय रुपैयाँ भन्दा बढी खरिद गर्ने सबै ग्राहकलाई दुई सय रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गरिएको खड्काले जनाए ।

ग्यापुले विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्का सँगै तयारी खाजामा मस्म, सुकुटी फ्राइ, बफरचिकेन चिल्ली, फ्राइड राइस, बदाम साँधेको उपलब्ध गराएकोछ । त्यस्तै लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी गराइने खड्काले जानकारी दिए।

ग्राहकले सामान खरिद गर्दा फोनपे , कनेक्ट आइपिएस, इ–सेवा, खल्ती, प्रभुपे, आइएमइ पेबाट भुक्तानी गर्न सक्छन् । यसैगरी डेलिभरिकै बेला डेबिट र क्रेडिट कार्ड मार्फत पिओएस मेसिनमा स्वाइप गर्ने सुबिधा समेत उपलब्ध गराइएको छ।

ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने व्यवस्था मिलाइएको छ । नेपालको तथा संसारभर कै बैंकको बैंक कार्डबाट सजिलै अनलाईन मै भुक्तानी पनि गर्न सकिन्छ भने फोन-पे इन्टिग्रेटेड सबै बैंक को मोबाइल बैंकिङमार्फत पनि सजिलै भुक्तानी गर्न सकिने ग्यापुले जनाएको छ ।

 

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : ०२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको