११ चैत्र २०७९, शनिबार | March 25, 2023

सिन्धुपाल्चोकपछि लमजुङमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु



काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले पुरिएर लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बेसीसहर नगरपालिका ७ सातबीसमा गएराति ११ बजेतिर पहिरो गएको थियो । पहिरोले पुरिएर ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र नौ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

घटना थाहा भएलगत्तै उद्दारका लागि घटनास्थलमा मध्यराति १२ बजेतिर प्रहरी पुगेको थियो । ‘भिरालो जग्गामा घरमाथिबाट आएको पहिरोले घर पुरेको अवस्थामा तीनै जनाको उद्दार गरेको थियो । तर, अस्पताल पुर्याउँदा पुर्याउँदै उनीहरुको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वरिपरिका अन्य घरमा भने पहिरोले कुनै क्षति गरेको छैन । लमजुङमा बिहीबार साँझदेखि अविरल वर्षा भैरहेको छ ।

यसअघि सिन्धुपाल्चोकमा गएको भीषण बाढी पहिरोका कारण बाह्रविसेको जम्बुमा दुई जनाको मृत्यु भएको थियो भने १८ जन वेपत्ता भएका छन् । घाइते चार जनालाई हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : ०७ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा