३१ असार २०८३, बुधबार | July 15, 2026

सिन्धुपाल्चोकपछि लमजुङमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु



काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले पुरिएर लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बेसीसहर नगरपालिका ७ सातबीसमा गएराति ११ बजेतिर पहिरो गएको थियो । पहिरोले पुरिएर ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र नौ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

घटना थाहा भएलगत्तै उद्दारका लागि घटनास्थलमा मध्यराति १२ बजेतिर प्रहरी पुगेको थियो । ‘भिरालो जग्गामा घरमाथिबाट आएको पहिरोले घर पुरेको अवस्थामा तीनै जनाको उद्दार गरेको थियो । तर, अस्पताल पुर्याउँदा पुर्याउँदै उनीहरुको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वरिपरिका अन्य घरमा भने पहिरोले कुनै क्षति गरेको छैन । लमजुङमा बिहीबार साँझदेखि अविरल वर्षा भैरहेको छ ।

यसअघि सिन्धुपाल्चोकमा गएको भीषण बाढी पहिरोका कारण बाह्रविसेको जम्बुमा दुई जनाको मृत्यु भएको थियो भने १८ जन वेपत्ता भएका छन् । घाइते चार जनालाई हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : ०७ बजे

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना