१२ आश्विन २०७९, बुधबार | September 28, 2022

कर्णाली प्रदेशसभाका संसदीय समितिले बल्ल नेतृत्व पाउँदै



सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् ।

प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गर्ने तयारी गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । ‘मिनि संसद्’ भनिने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना भैरहेको थियो ।

कर्णाली प्रदेशसभामा विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, सामाजिक विकास र अर्थ तथा प्राकृतिक स्रोत समिति गरी चार संसदीय समिति छन् ।

प्रदेशसभाका निमित्त सचिव वीरेन्द्रबहादुर केसीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम असार २८ गते दिउँसो १ बजे समितिका अध्यक्ष पदमा निर्वाचन हुने जानकारी दिए । त्यस्तै, असार २७ गते साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ ।

समितिमा हालसम्म सदस्यमध्येबाट ज्येष्ठताका आधारमा अध्यक्षता गर्ने गरिएको छ ।

अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली काँग्रेसका दिनबन्धु श्रेष्ठले गर्दै आएका छन् ।

२०७४ चैतमा विषयगत समिति गठन भएका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : २३ बजे

दुई सदस्यको टुंगो लगाउदै एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधरणसभा

सल्यान दुर्घटनामा ८ को मृत्यु, मृतकको परिचय खुल्यो

सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु

आजदेखि निर्वाचन आचारसंहिता, थाहा पाउनुहोस् के गर्न पाइँदैन ?

काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका

अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज बुधबार

डब्लूटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत,आर्थिक वृद्धि पुुनःजीवित पार्न आह्वान

जेनेभा । विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दीलाई संकेत