२९ मंसिर २०८२, सोमबार | December 15, 2025

म्याग्दी अपडेटः मृत्यु हुनेको संख्या १७ पुग्यो, ३ जना घाईते, २ सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण



म्याग्दी । अविरल वर्षाको कारण म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परि मुत्यु हुनेको सँख्या १७ पुगेको छ ।

मालिका गाउँपालिकाको पहिरोमा ७ र धवलागिरी गाउँपालिकाको पहिरोमा १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको सँख्या १७ पुगेको हो ।

मृत्यु हुने उनीहरुको शब प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरण जङ्ग कुँवर लगायतको नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले आज निकालेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार मालिका गाउँपालिकाको पहिरोमा परि मृत्युहुनेहरुमा मालिका ७ विम दुलेका बिष्णु पौडेल, सोही स्थानकै गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, विरको ३ महिनाको छोरा, विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन् ।

यस्तै धवलागिरी गाउँपालिकाको पहिरोमा परि मृत्युहुनेहरुमा धवलागिरी ६ मराङ्गका सुकना लामगादे, सोही स्थानकै आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षिय प्रकाश केसी रहेका छन् ।

डिएसपी रेग्मीका अनुसार उद्धार गरिएका घाईतेहरुमा मालिका ७ विमका अन्दाजी ३६ वर्षिय पूर्ण बहादुर नेपाली, धवलागिरी ६ का २२ वर्षिया मन्जिता श्रीपाली र सोही स्थानकै सफल श्रीपाली रहेका छन् ।

उनीहरुको बेनी अस्पतालमा सामान्य उपचार पश्चात हेलीकप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको डिएसपी रेग्मीले जानकारी दिए । उनले बेपत्ता भएका अन्य व्यक्तिहरुको खोजिकार्य तिब्र पारिएको बतादै २ सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ११ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ