११ चैत्र २०८२, बुधबार | March 25, 2026

म्याग्दी पहिरो अपडेट : मृतकको सङ्ख्या २७ पुग्यो, करिब ९०० जनाको उद्धार



म्याग्दी । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ ।

प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

कुँवरका अनुसार धवलागिरि–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिष्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ ।

यसैगरी, मालिका–७ बिमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली र सन्दीप नेपालीको पनि पहिरामा पुरिएर मृत्यु भएको छ ।

लापु खोलाले बगाएर रघुगङ्गा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो । मराङको रिखको पहिरामा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन् ।

पहिराले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखु खोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् ।

प्रहरीका अनुसार पहिराका जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

पहिराेमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सात जनाको बेनी अस्पताल, एक जनाको काठमाडौं र चार जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १० : ०० बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी, दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा