१९ माघ २०८२, सोमबार | February 3, 2026

रुपन्देहीको लुम्बिनी फायरलाईनमा जीप दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाईते



बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-५ पिपरी चापाँमा शनिबार साँझ स्कारपियो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडी चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा-११, शिवपुरका अन्दाजी ३८ वर्षीय सुरज खड्का रहेको प्रहरी ले जनाएको छ ।

लुम्बिनी-फायरलाइन सडक खण्ड अन्तर्गत हरैंयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको स्करपियो जीप अनियन्त्रित भई सालको रुखमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक ईन्द्रबहादुर चौधरीले बताए । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बुटवल उपमहानगरपालिका-१० का नबिन कुमार थापा, तिलोत्तमा नगरपालिका-७ का यम बहादुर राना, तिलोत्तममा-२ का सन्दिप श्रेष्ठ र तिलोत्तममाकै सुवास क्षेत्री रहेका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ भने घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : १८ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली